About Us

अल्फा जापानिज तथा कोरियन भाषा स्कूल बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा अनुभवी तथा दक्ष शैक्षिक परामर्शदाताहरु, कोरियामा र जापानमा बसेर भाषाको लेभल टेस्ट् पास गरेर आउनु भएका शिक्षकहरु द्वारा स्थापना गरिएको शैक्षिक संस्था हो । यस संस्थाले बिगत केहि वर्ष देखि बिषेशगरि नेपलमा दिन प्रति दिन बढ्दै गरेको बेरोजगार युवा तथा युवतिहरुलाई कोरियन भाषाको अध्यापन गराई EPS Topik Exam मार्फत कोरियन भाषा उर्तिण गराइ कोरिया जानको लागि विषेश भुमिका र आवश्यक परामर्श दिइन्छ।
साथै यस संस्था बाट उच्च शिक्षा हासिल गर्नको लागी जापान जान चहाने विद्यार्थीहरुलाई निशुल्क जापानिज भाषाको अध्यापन गराई जापानको विभिन्न सहरहरुमा जस्तै: टोक्यो, योकोहामा, चिवा, सेन्दाई, नागोया, फ़ुकोउका र ओशाकामा १००% पार्ट टाइम जब् को ग्यारेन्टीका साथ पठाइन्छ ।

 

निर्देशकको सन्देश

 

अल्फा कोरियन ल्यांगवेज सेन्टर कोरियन तथा जापानिज भाषा सिकाउन का लागी एक उच्चस्तरीय तथा भर पर्दो ईन्स्टिच्युट हो ।  सुरु देखी नै हामी ले भाषा प्रसिक्षण का निम्ती उत्कृष्ट सेवा प्रदान गरिरहेका छौं । कुनै पनि काम न गरे सम्म मात्र गह्रो देखिन्छ र कती लाई नौलो भाषा सिक्ने चुनौती नि असम्भव लाग्छ होला । अल्फा ले तपाईंलाई बिश्वास दिलाउंछ कि यो चुनौती पनि सजिलै पार गर्न सकिन्छ । हाम्रो कर्तव्य भनेको सेवा तथा सम्पूर्ण सामग्री प्रदान गर्ने हो तर मेहेनत भने विधार्थीले नै गर्न पर्छ । हामी यस्को लागि पनि सधैं तयार छौं र परेको बेला खोजेको निर्देशन पनि दिने गर्छौं । तपाईंको सन्तुष्टि नै हाम्रो उपलब्धी हो र तपाईं ढुक्क का साथ हामी माथि बिश्वस गर्न सक्नुहुन्छ । 

साथै म यस सेन्टरका सम्पूर्ण कर्मचारी तथा साथीभाइ हरु लाई धन्यवाद दिन चाहन्छु । उहांहरु का कारण नै यो सेन्टर अहिले को स्थानमा पुग्न सफल भएको हो ।

 

राजेन्द्र कुमार मोक्तन
प्रबन्ध निर्देशक

image